मुख्य समाचार

राजनीति

भिडियो

धुवाँमा बिलाए कांग्रेस नेता खुमबहादुर खड्का (भिडियाे)

नेत्र पाैडेल

आइतबार, १८ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

धुवाँमा बिलाए कांग्रेस नेता खुमबहादुर खड्का (भिडियाे)

काठमाडाैं । नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काकाे काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएकाे छ । हिन्दु संस्कारअनुसार आइतबार करिव ६ बजे उनकाे अन्त्यष्टि गरीएकाे हाे । प्रहरीले उनलाई विशिष्ट दर्जाकाे सलामी दिएकाे छ । 

 

गत शुक्रबार खड्काकाे उपचारका क्रममा भारतकाे दिल्लीमा निधन भएकाे थियाे ।


 
सानेपास्थित पार्टी कार्यलय पार्टीका सभापती शेर बहादुर देउवा, नेता, गगन थापा, प्रकाशरण महत, रामचन्द्र पाैडेललगायत नेता, कार्यकर्ता एवम् सुभेच्छकले श्रद्धाञ्जली दिएका थिए ।  उनकाे शव करिव ३ बजे पार्टी कार्यलयमा लगिएकाे थियाे । पार्टी नेता तथा सर्वसाधारण श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कायर्लयमै पुगेका थिए । साथै पूर्व गृहमन्त्री जनर्दन शर्मा, एमाले नेता सुवास नेवाङ पनि पुगेका थिए । 


 
 छाेरा लण्डनबाट आउन ढिला भएकाले पुर्व निर्धारित समयभन्दा ढिलागरि उनकाे शव पार्टी कार्यलयमा ल्यार्इएकाे थियाे ।