अर्थ

बैंकिङ

साङ्ग्रिलाको हकप्रद शेयर बाँडफाँट

बुधबार, २८ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

साङ्ग्रिलाको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । साङ्ग्रिला डेभलपमेण्ट बैङ्क लिमिटेडले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ९२ हजार ७ सय ७२ र सर्वसाधारण समूहको ५ लाख ९ हजार २ सय २५ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो ।

 

 जसमा संस्थापक समूहतर्फ रू. १ सय ५ प्रस्ताव गर्ने बोलपत्र दाताहरुलाई ५४ दशमलव २२ प्रतिशतले बाँडफाँट गरिएको छ । र, सर्वसाधारण समूहतर्फ रू. १ सय ४२ प्रस्ताव गर्ने बोलपत्र दाताहरुलाई १६ दशमलव १० प्रतिशतले बाँडफाँट गरिएको छ ।