अर्थ

शेयर

नेपाल लाइफको साधारण सभा बुधवार, ४२ % बोनस शेयरका साथै नगद लाभांशको प्रस्ताव

मङ्गलबार, २७ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

नेपाल लाइफको साधारण सभा बुधवार, ४२ % बोनस शेयरका साथै नगद लाभांशको प्रस्ताव

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा बुधवार हुने भएको छ । होटल भिष्वा, वीरगञ्जमा बिहान ९:३० मा शुरु हुने सभाले गत वर्षको नाफाको आधारमा चुक्तापूँजीको ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

 

उक्त सभाले कम्पनीमा हाल कायम ७०:३० शेयर अनुपातलाई परिवर्तन गरी ६०:४० को अनुपात कायम गरी सोही अनुरुप संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्तावमाथि पनि छलफल हुने कार्यक्रम छ ।

 

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १४ देखि २८ गतेसम्म शेयर धनि दर्ता किताब बन्द गरेकाले चैत १३ गतेसम्म कायम सदस्यहरुले सभामा भाग लिन पाउनेछन् ।