मुख्य समाचार

बैंकिङ

एनआईसी एशियाको ‘धनवर्षा’ योजना

शुक्रबार, २५ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

एनआईसी एशियाको ‘धनवर्षा’ योजना

काठमाडौं । एन आई सी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’लाई री–लञ्च गरेको छ । निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय भएपछि बैंकले पुन उक्ता खाता रीलञ्च गरेको हो ।

 

‘बैंक पनि, साथी पनि’ भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । १ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

 

देशैभरीका १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा समेत लिन सक्ने जारी विज्ञप्तिमा बताइएको छ ।  

 

 

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

 

 

मुलुकभर १ सय ८० शाखा कार्यालयहरु, १ सय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी पाँच हजारभन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।