रोजगार

काेरियाका लागि इपीएस परीक्षाको आवेदन चैतमा, कुन क्षेत्रमा कति काेटा ?

बिहिबार, २४ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

काेरियाका लागि इपीएस परीक्षाको आवेदन चैतमा,  कुन क्षेत्रमा कति काेटा ?

काठमाडौँः कोरियामा रोजगारीका लागि जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ ।

 

इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो।

 

परीक्षामा सामेल हुन चाहनेहरुले चैत ८ गते देखि १७ गतेसम्म आवेदन दिनु पर्ने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन्।

 

इपीएसकाे परीक्षा भने जेठ २६ र २७ गते तय भएको छ। परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ। पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन्।

 

आवेदन शूल्क २४ डलर तोकिएको छ। यसपटक कुल ७ हजार एक सय जना उत्तीर्ण गरिन्छ। जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३ सय कोटा निर्धारण गरिएको छ।