रोजगार

बिरालोलाई पनि रेबिजविरुद्ध सुई

सोमबार, २१ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

बिरालोलाई पनि रेबिजविरुद्ध सुई

जुम्ला । जिल्लामा पहिलोपटक बिरालोलाई रेबिजविरुद्ध सुई लगाइएको छ ।


पशुसेवा कार्यालय र विभिन्न पशुसेवा केन्द्रद्वारा जिल्लामा सञ्चालित घरपालवा तथा भुस्याहा कुकुरलाई पनि सुई लगाउने अभियान चलाइएको हो ।


यसअघि अन्य जनावरलाई सुई लगाए पनि बिरालोलाई भने सुई लगाउने नगरिएको पशुसेवा कार्यालयले जनाएको छ ।


अन्य जनावरभन्दा मांसहारी जनावरलाई छिटो रेबिज संक्रमण हुने भएकाले बिरालोलाई सुई लगाइएको बताइएको छ ।