शेयर

मुख्य समाचार

अर्थमन्त्री खतिवडाकाे 'एक अभिव्यक्ति'ले शेयर बजारमा भारी गिरावट

आइतबार, २० फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (NP)

अर्थमन्त्री खतिवडाकाे 'एक अभिव्यक्ति'ले शेयर बजारमा भारी गिरावट

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको एक अभिव्यक्तिले शेयर मार्केटमा ठूलै अलचल मच्चिएको छ । अर्थमन्त्री खतिवडाको शेयर बजार ‘अनुत्पादन क्षेत्र’ भन्ने अभिव्यक्तिले शेयर मार्केट ४१ दशमलव ५६ अंकले घटेको हो ।

 

साताको पहिलो दिन नेप्से परिसूचक ४१ दशमलव ५६ अंकले घटेर १३०४ दशमलव ४३ अंकमा पुगेर सिमित भएको छ । अर्थमन्त्रीले उत्पादनमूलक र अनुत्पादनमूलक लगानी भनेर अभिव्यक्ति दिएकै कारण नेप्से परिसूचकमा भारी गिरावट आएको हो ।

 

आइतबार दोहोरो अंकले घटेको शेयर मार्केटमा दिन भर १ सय ५१ कम्पनीको ४८ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सुरु भएसँगै घट्न थालेको बजारमा दिउँसो २ बज्दासम्म ५३.८२ अंकले गिरावट आएको थियो। त्यसपछि भने थोरै सम्हालिएको थियो ।