कला साहित्य

पल्सरवाला बाेका दार्इ

कथा

शनिबार, १७ चैत २०७४ गते प्रकाशित
- प्रताव ओली

पल्सरवाला बाेका दार्इ

मानिस सबै एकै धर्तिमा जन्मेपनि ऊ जन्मने परिवेश ठाउँ अनुसार फरक-फरक हुन्छ । जन्मदाखेरी जस्तो वातावरणमा ऊ हुर्किन्छ , त्यस्तै उसले आफ्नो बानी व्यवहारमा अनुसरण गर्न थाल्दछ । गरिब परिवार, दुर्गम ठाउँमा उसको जन्म भए ऊ गरिब जस्तै हुन्छ र उसले त्यही वातारणमा भईरहेका घटना आफ्नो दिमागमा खिच्ने प्रयास गर्दछ ।

 

त्यस्तै धनी घरपरिवारमा उसको जन्म भए, उसले शहरकै रहनसहन, केही विकसित ठाउँ पक्कै देखेकै हुन्छ । उसले पनि आफ्नो वातावरणमा देखिने घटना निरन्तर आफ्नो व्यवहारमा लागु गर्ने प्रयास गर्दछ । त्यस्तै कतिपय मानिस यस्ता हुन्छन्, उनीहरु जस्ताेसुकै परिस्थिति, समय वा ठाउँमा पनि सजिलै जम्न सक्छन् । अथवा भनाै‌ं हर घटना,परिवेश र समयले नै मानिसकाे जीवनलार्इ सहज, असहज कस्ताे हुने निर्धारण गर्छ । 

 

अव लागौं पल्सरवाला बोका दाईको दैनिकी कथासँग हुन त म काठमाडौं उपत्यकाको खाल्डोमा छिरेको मात्रै तीन वर्ष पुग्दैछ । तर म हरेकमा मान्छेसँग सजिलै घुलमिल हुनसक्ने स्वाभावको मान्छे हुँ । काठमाडौं आउँदा सुरुमा आेहो ! यो विशाल शहर । यहाँ मेरो कुनै खैरियत छैन सोचेँ । आएर सिधै साथिको कोठा कोटेश्वर नजिकै तिनकुनेमा बसेँ,  त्यहाँबाट मैले एक महिनापछि केही कारणवश कोठा नपाएपछि किर्तीपुर सर्नुपर्ने भयो ।

 

किर्तीपुर जुन घरमा मैले कोठा सारेँ, त्यही घरमा बस्ने घरबेटी आन्टीको छोरालाई भन्ने गरेका छौं, पल्सरवाला बोका दाई ! बोका दाई किन भनियो ? यसको अर्थ तपाईसँगै होला यो कथा पढेपछि । हुन त ट्यापे खालको मान्छे भएपनि त्यो दाई निकै सहयोगी, दयालु र मिजासिलो थियो ।

 

हामीसँग त राम्रै व्यवहार गथ्र्यो र आफ्ना सबैका क्रियाकलाप सुनाउँथ्यो । कक्षा १२ मा ब्याक लागेर पढाई अस्तव्यस्त भएको रहेछ, त्यो दाईको । घरको कान्छो छोरो भएकाले घरका सबै सदस्य उसलाई धेरै माया गर्थे । उसले आफुभन्दा प्यारो आफ्नो पल्सर बाईकलाई मान्थ्यो । कहिलेकाँही घरमा बाईकमा तेल हाल्ने पैसा नभए हामीलाई पनि मागेर हाल्थ्यो । उसको दिनचर्या केटी खेलाउने मात्रै रहेछ । उसको बाईकको नम्बर मलाई राम्ररी थाहा थियो । म काम विशेष कहिलेकाँही ठमेल बजार , गोदावरी जस्ता काठमाडौंका प्रख्यात ठाउँमा पुगिराख्थे, जुन ठाउँमा म पुगेँ त्यही ठाउँमा त्यो दाईको बाईक रोकिएको देखिन्थ्यो ।

 

वेलुका भेट हुँदा म मनमा नराखी सोधिहाल्थेँ दाई तपाई त एक नम्बर बोका हुनुहुन्छ । जहाँ पनि केटीसँगै हुनुहुन्छ यार । हा हा गरि हाँस्दै त्यो दाईले मलाई यो जीवन केटी खेलाउनकै लागि हो भन्थ्यो । अनि म ठिकै छ धनीको छोरो के छ र ? उसलार्इ कमाई गर्नु र पढ्नु आवश्यक जे गर्छ, उसकै छन् दिन । उमेरले ३८ वर्ष , हेर्दा एकदम जेन्टलम्यान जस्तो त्यो दाई खाईलाग्दो थियो । तर मानिससँग जति धनसम्पति, ऐस आराम र पैसा भएपनि उसको मन कहीँ न कहीँ दुखेकै हुन्छ । आखिर मानिस त सबै एकै हुन् ।

 

भगवानले धर्तीमा भएका चिज सबैलाई सुख, दु:ख भन्ने जस्ता भाैतिक तत्व बराबर हुने गरी बाँडेका हुन्छन् । धनसम्पत्ति, ऐसआराम र पैसा त उसको मेहीनतमा भर पर्ने कुरा न हो । समय बित्दै गयो, त्यो दाईको घरमा एकदिन झगडा भयो । उसका वुवा सरकारी कर्मचारी भएकाले जमनामै अबुत सम्पत्ति कमाएका थिए, तर वुवा स्वर्गवास भईसकेका थिए । घरमा अहिले उ भन्दा जेठा दुई बिहे भईसकेका दाई र एक आमा थिए ।

 

झगडा भएपछि उसका दाईहरुले आफ्नो सबै सम्पत्ति र वुवाको सम्पत्ति भाग लगाए । तीन भाग लगाएपछि सम्पति कति रहन्थ्यो र ? फेरी दाईहरु विवाहित भएकाले केही पहुँच भएका थिए । त्यो दाई र त्याे दार्इकाे अामा (घरबेटी आन्टी) एक भएका थिए । अलग-अलग भएपछि केही दिन त्यो दाईले अझैं मस्ति गरेकै थियो तर समय कहाँ सधै एकनाश रहन्थ्यो र ? एक दिन उसको आमा अर्थात हाम्रो घरबेटी आन्टी सिकिस्त बिरामी परिन् । अब उपचार गर्ने जिम्मा त्यो पल्सरवाला बोका दाईकै भागमा थियो । जिवन र मरणको अवस्थामा उसकी आमा बिरामी परेपछि घरमा भएको सम्पत्ति, पैसा सकियो ।

 

धेरै खर्च गरेपछि बल्ल त्यी आन्टीलाई सामान्य अवस्थामा ल्याईयो । अस्पतालबाट घर डिस्चार्ज भएपछि एकदिन त्यो दाई मेरो कोठामा छिर्‍याे र मलाई एक हजार दिन आग्रह गर्यो तर मसँग त्यो वेला मात्र पाँचसय बाँकी थियो । मैले हरेकदिन सुन्धारा अफिस आउन र किर्तीपुर जान गाडी भाडा समेत अपुग थियो । मसँग यतिमात्रै छ दाई मलाई यस्तो यस्तो समस्या यति त मेरो खर्च पनि चाहियो भनेर के भनेथेँ । बिचरा मातिएको त्यो दाई रुन पो थाल्यो । भाई मसँग यो घरमा सबैभन्दा बोल्ने र माया गर्ने मान्छे तिमी नै हौ देउन यार भन्न थाल्यो ।

 

मैले हुँन्न यार म त कुनै हालतमा तपाईँलाई दिनै सक्दिनँ, जति माया गरेपनि आफु नांगिएर को दिनसक्छ मैले भनेँ ? मेरो कोठाको खटियामा थचक्क बस्यो बिचरा त्यो दाई । रुँदै रुँदै भन्यो भाई, हुन त यस्तो अवस्था ल्याउने सबै मै हुँ । हिजो प्रशस्त धनसम्पत्ति, पैसा र घरपरिवार मेरै साथमा थिए । मलाई कस्तो क्याम्पस पढ्ने ? कस्तो विषय छान्ने ? कस्तो कपडा लगाउने ? भनेर सोध्थे घरकाले ।

 

"गोल्डेन गेट कलेजमा मैले साईन्स पढ्न थालेको थिएँ । त्यहाँ कक्षा ११मा पढ्दा पढ्दै एक जना केटीसँग लभ पर्यो । म उनलाई धेरै माया गर्थे यार तर के गर्ने १२ मा मैले फेल भएको थाहा पाईँन । त्यसले मलाई फेल भएपछि वास्तै गरिन यार ? त्यसपछि मलाई पढ्नै मन लागेन ,म त्यसको बदला लिन तर्फ लागेँ । उ पढ्दै डाक्टर बनेकी छे । म यस्तै अल्लारे बने यार । मेरो जिन्दगी बरबाद भयो ।"

 

सायद अहिले मैले पढेको भए, यी बुढी आमालाई म सुखकासाथ पाल्थेँ हाेला । जागिर भएको भए म त्यस्ता केटी त कति पाउँथे पाउँथे । हिजो मसँग धन हुँदा म त्यी बेस्या गर्ने केटीहरुलाई प्रयोग गर्थेँ जस्तो लाग्थ्यो । आज मलाई एकदमै पछुतो लागि रहेछ यार, प्रयोग त मैले हैन रहेछु, ती केटीहरुले मलाई गरिराखेका रहेछन् । तिमी त कति राम्रो मान्छे यार । बिहे गरेका छौ । जागिर गर्छौ । छोरो छ । उसले यतिमात्र के भनेको थियो, मलाई ऊ देखि धेरै दया लागेर आयो । एक छिन सोचे बिचरा बयस्क उमेर समेत ढल्किन थालिसक्यो, आज आएर रुन्छ, जीन्दगीदेखि ।

 

उसको त्यो दु:ख त मैले सानैदेखि झेल्दै आएको थिएँ । वुवा साधारण किसान थिए, आयआर्जन गर्ने बाटो केही थिएन । म त झन् कक्षा ११ देखि आफै जागिर गरि जिन्दगी पाल्ने मान्छे । आखिर समस्या नै जीवन हो । समस्याले नै बाँच्न सिकाउँदो रहेछ । झन्नै म यो दाई जस्तो बिग्रिनँ छु । आज बिहे गरेर छोरा पाएको छु । मलाई दुःख त यति हो कि एउटा छोरा विरामी भएर जन्मियो, उपचार गर्न सकिँन । अर्को आफु जागिर गरि पढ्नुपर्ने भएकाले पढाईलाई निरन्तरता दिन सकिँन । यसरी मनमनै सोचेँ, त्यो दाई त्यहीँ खटियामा घुँक्क घुँक्क गर्दै थियो ।

 

मसँग पाँच सय मात्रै भएपनि मैले तीन सय उसलाई दिए, किनकी ऊ आज दुःखी भएर मसँग आएको छ । एक पैसा नभएको ऊ तीन सय दिँदा अलिकति त खुसी हुन सक्छ । तीनसय दिएपछि ऊ कोठाबाट बाहिर निस्क्यो, तेल हाल्छु मेरो बाईकको भन्थ्यो । मैले हुन्छ दाई भन्दै खाना खाएर अफिस आएँ ।

 

वेलुका कोठा के पुँगेथे, त्यो दाई घर आएको थिएन । घरबेटी अान्टीले म अाएकाे चाल पाएपछि हतार तल झर्दै भनिन्, "ए बाबु मेराे छाेरालार्इ फाेन लगाउन, कता हाेला ? अहिलेसम्म अाएकाे छैन । बिहान खाना पनि खाएकाे थिएन त्यसले !"


 म पनि रन्थनिदै हतार हतार फाेन लगाएँ तर स्वीच अफ भन्दैछ माेवार्इल । साेचेँ, बिहानदेखि मानसिक तनावमा भएको त्यो दाईलार्इ केही भयो की ? यसो खोज खबर गर्‍याैं , उसको आमा रुदैँ थिईन् । पछिल्लो दिन खबर आयो । उ फलानो फलानो ठाउँमा बाईकबाट लडेर मर्यो रे ! म झसङ्ग भएँ । आखिर मानिसको चोला यति कै लागि रहेछ । न मातिनु न आतिनु ।

(सत्य घटनामा अाधारित कथा कसैकाे जीवनमा मेल खान गएमा संयाेगमा मात्रै हुनेछ । )

 लेखक: प्रताप अाेली