अर्थ

शेयर

शेयर बजार : करिब दुई अर्बको कारोबार

शनिबार, १७ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

शेयर बजार : करिब दुई अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । 


नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए । 


कारोबार रकम गत साताको भन्दा ९ दशमलव ८५ प्रतिशत बढी हो । गत साता १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको थियो । 


साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५१ दशमलव ७४ अंकले बढेर अन्तिम दिन १२२० दशमलव २९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २३ अंकले बढेर २६० दशमलव ८८ अंकमा आइपुगेको छ । 


यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४४ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । 


यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको दुई लाख ५६ हजार कित्ता शेयर कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । 
 

यस्तै यससाता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, एभरेष्ट इन्स्योरेन्स कम्पनी, माछापुच्छ्रे बैंक र स्ट्यान्र्डड चार्टर्ड लिमिटेडको बोनस शेयर सूचीकृत भएका छन् ।