देश

फोटो

नयाँ बानेश्वर झडपमा अश्रुग्यासदेखि पानीकाे फाेहाेरासम्म (फाेटाेफिचर)

बुधबार, १४ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

नयाँ बानेश्वर झडपमा अश्रुग्यासदेखि पानीकाे फाेहाेरासम्म (फाेटाेफिचर)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

 

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीकाे फाहाेरा प्रहार गरेपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन् । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुकाे बानेश्वरकाे एभरेष्ट अस्पतालमा उपचार भैरहेकाे छ । अहिले सवारीसाधनहरू पनि सञ्चालनमा अाएका छन् ।

 

घटनास्थालबाट प्रहरीले ९ जना प्रदर्शनकारीलार्इ पक्राउ गरेकाे जनाएकाे छ ।