कुरा: खस्रा मिठा राजनीति भिडियो कभर स्टोरी

‘संविधान बनाउँदा नोकर बनेकाहरुले आज मालिक बन्न खोजेर हुन्छ ?’ (भिडियाे)

‘संविधान बनाउँदा नोकर बनेकाहरुले आज मालिक बन्न खोजेर हुन्छ ?’ (भिडियाे)

काठमाडौं । युरोपेली युनियन (ईयू)को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि यतिबेला सदनसम्मै बहस भएको छ । विभिन्न नागरिक समाजदेखि प्रधानमन्त्रीसम्मले उक्त प्रतिवेदनमाथि आपत्ति प्रकट गरे ।

 

ईयूलाई नेपालले दिएको कार्यदेशभन्दा बाहिर गएर नेपालको राजनीतिक र समाजिक सद्धभावलाई नै खलल पुग्ने गरेर हस्तक्षप गुर्नको काणरबारे यसो भन्छन्, राजनीति तथा परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदी ।

 

नेपालआजले प्रस्तुत गर्दैआएको सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’ मा उनले नेताहरु पहिले अप्रत्यक्ष रुपमा ईयूको नोकर भएको र अहिले आएर मालिक बन्न खोज्दा यस्तो समस्या आएको बताउँछन् ।


संविधान बनाउदा नै ईयूको ‘ग्राइन्ड डिजाइन’ भएको भन्दै उसले देखाएको यो हर्कतलाई आपत्तिका रुपमा लिनुमा कुनै तुक नरहेको सुवेदीको धारण छ ।

 

ओली र उपेन्द्र


प्रधानमन्त्री ओली र उपेन्द्र यादव दवैै कम्युनिस्ट स्कुलिङका भए पनि उनीहरुमा कुनै कुराको समानता नभएकाले ईयूबारे धारण फरक भएको उनको बुझाइ छ ।


ओलीलाई कम्युनिस्ट विचार धाराबाट विचलित हुन नदिन नै प्रचण्डलाई एमालेमा ल्याइएको सुवेदीले बताए । ओलीले २०७२ वैशाखमा नेपाललाई धर्मनिरपेक्ष बनाउन नहुने तर्क गरे । तर असोजमा फेरि उनी ईयूको इसारामा चलेर धर्मनिरपेक्षको धारमा पुगे ।

 

पछिल्लो ‘गाईकाण्ड’


ईयूले बझाएको प्रतिवेदन, गाईकाण्ड र झण्डा परिवर्तनको विषय एकैचोटि आउनु संयोग नभएको उनको बुझाइ छ । सुवेदीले भने,  ’यो नियोजित तरिकाले ल्याइएको हो, ८० प्रतिशतभन्दा बढी गौरक्षक भएको ठाउँमा कुनै पनि शास्त्रले व्यवस्थापन नगरी गौहत्याको कुरा गर्नु वैदिकताको कमी देखिन्छ ।’

 

प्राचीनकालमा सबै जाति र वर्गबाट शोषित तामाङलाई कुनै पनि ठाउँमा समान अवसर नदिएर उनीहरुमाथि दमन र शोषण भएको थियो ।
जहाँ मृत जनावरको व्यवस्थापन गर्ने जाति थिएन, त्यो उनीहरुलाई व्यवस्थापन गराउन लगाइयो र अहिले आएर उनीहरुले त्यसलाई आफ्नो पहिचानको विषय बनाउन नहुने उनको बझाइ छ ।


राष्ट्रिय झण्डा परिवर्तन गर्ने चलखेल

यस्तै नेपालको झण्डा परिवर्तन गर्ने खेल अहिलेसम्म चलिरहेको उनी उताउँछन् । सुवेदीले भने, ‘गोराहरुको चित्त बुझाउन झण्डा परिवर्तनको खेल भइरहेको छ ।

 

झण्डा रक्षाका लागि नेपाली सेनाले ठूलो कसरत गरिरहेकाले गोराहरु सेनाको संख्या नै घटाउनतिर लागेको देखिन्छ । यसो भए सेना प्रतिकारमा उत्रने अवस्था आउँछ ।’

 

अरुणकुमार सुवेदी कुरा खस्रा मिठा
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।