फोटो

हेर्नुस् ५ तस्वीरमा, सेतो मच्छेन्द्रनाथ रथ यात्रा

आइतबार, ११ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

हेर्नुस् ५ तस्वीरमा, सेतो मच्छेन्द्रनाथ रथ यात्रा

काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ ।


चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आइतबार तानेर असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ ।

 

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ ।