समाज

मुख्य समाचार

फोटो

सिरहा बम बिस्फोट अपडेटः घाइते हुनेको सङ्ख्या ८ पुग्याे ( फाेटाे फिचर )

शुक्रबार, ०९ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सिरहा बम बिस्फोट अपडेटः घाइते हुनेको सङ्ख्या ८ पुग्याे ( फाेटाे फिचर )

सिरहा । सिरहाको लहानमा भएको बम बिस्फोटमा घाइते हुनेको सङख्या ८ पुगेको छ । सिरहा नगरपालिका ६ दुर्गा मन्दिर छेउमा अज्ञात समूहले गराएको बम बिस्फोटमा एक बालकसहित ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

लहान मजारको मूख्य भागमा प्रेसर कुमार बम बिस्फोट हुदाँ नजिकै रहेको पसल विकास ट्रेडर्सका साहू विकास सारडा, उनका भाई रोशन सारडा, पसलमै काम गर्ने अस्मिता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बजारमा किनमेलका लागि आएका नवराजपुर ३ की २२ वर्षीय देवकुमारी यादव, उनकै छोरा ७ वर्षीया सतिश कुमार यादव, सप्तरी सुरुङ्गा नगरपालीकाका मनीका कुमारी राम, लहान २१ की बविता कुमारी यादव र विनिता कुमारी यादव रहेका प्रहरीले जनाएको छ ।

बिस्फाेट गराउने समूहकाे खाेजी भैरहेकाे प्रहरीले जनाएकाे छ ।