अर्थ

कर्पोरेट

सुनकाे मूल्य बढ्याे

बिहिबार, ०८ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सुनकाे मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन आज रु ५ सयले बढेकाे हाे ।

 

अाज छापावाला सुनकाे मूल्य प्रतितोला ५७ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका छ ।

 

हिजो छापावाला सुन ५७ हजार ४ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार १ सय रहेको महासंघले जनाएकाे छ ।

 

यस्तै आज चादी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएकाे छ ।