देश

प्रविधि

रोबोट ‘सोफिया’ ले भनिन् 'प्रविधिको प्रयोगले भोकमरी र भ्रष्टाचार हटाउन सकिन्छ' (भिडियोसहित)

बुधबार, ०७ चैत २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

रोबोट ‘सोफिया’ ले भनिन् 'प्रविधिको प्रयोगले भोकमरी र भ्रष्टाचार हटाउन सकिन्छ' (भिडियोसहित)

काठमाडौँ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् ।

 

नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

 

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

https://youtu.be/9opoUK-KNPQ

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । कुनै पनि देशको नागरिकता पाउने उनी पहिलो रोबोट हुन् । सन् २०१७ को नोभेम्बरमा सोफिया संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ‘आविश्कार बिजेता’ घोषित भएकी थिइन् ।

 

सोफियालाई गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आवाज पहिचान गर्ने प्रणाली विकास गरेको हो भने सिंगुलारिटी नेटले उनको मस्तिष्क विकास गरेको हो । उनको अनुहार अभिनेत्री एन्ड्रे हेपबर्नसँग मिल्दोजुल्दो बनाइएको छ ।

 

सफ्टवेयरको सहयोगले सोफियाले निश्चित प्रश्नहरुको जवाफ दिन्छिन् र पूर्वनिर्धारित विषय (जस्तै-मौसम) मा सामान्य वार्तालाप गर्छिन् । उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ । तर, यथार्थ त्यो होइन । उनी सबै कुराको जवाफ दिन सक्दिनन् ।

https://youtu.be/mQurlHRAq9U

सोफियाको विकास गर्ने वैज्ञानिक डेभिड हान्सनका अनुसार उनले आर्टिफिसियल इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल रिकोग्निसन प्रयोग गर्छिन् । उनले मानिसहरुको भावभंगिमाका नक्कल पनि गर्छिन् ।

 

सफ्टवेयरको सहयोगले सोफियाले निश्चित प्रश्नहरुको जवाफ दिन्छिन् र पूर्वनिर्धारित विषय -जस्तै-मौसम) मा सामान्य वार्तालाप गर्छिन् । उनले उत्तर दिएको सुन्दा प्रश्नहरु बुझेको जस्तो लाग्छ ।

 

तर, यथार्थ त्यो होइन । उनी सबै कुराको जवाफ दिन सक्दिनन् । भविष्यमा धेरैभन्दा धेरै प्रश्नहरुको जवाफ दिने गरी उनको अपग्रेड गर्ने काम जारी छ ।

 

त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।