कला साहित्य

दुर्गाको ‘मनको विचलन’ बजारमा

मीना घोरसाइने

शनिबार, ०३ चैत २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

दुर्गाको ‘मनको विचलन’ बजारमा

साहित्यकार दुर्गा काफ्लेको नयाँ उपन्यास ‘मनको विचलन’ सार्वजनिक भएको छ । उपन्यासमा एकल महिलाको संघर्षको कथा उतारिएको छ । झापाको दुर्गम गाउँको घटनालाई उल्लेख गरिएको छ ।

 

एकल महिला माइकल आमाको जीवन संघर्षलाई नै उपन्यासमा मुख्य कथा बनाइएको छ । मुख्य पात्र ‘माइकल आमा’ ६० नाघिसकेकी छन् । उपन्यासको समग्र कथा उनै माइकल आमाकै वरिपरी घुमेको छ ।

 

माइकल आमाका दुई सन्तान छन् । एक छोरा र छोरी । छोरीको अन्तरजातीय प्रेम प्रसंग पनि उपन्यासको उपकथा बनेको छ ।

 

श्रीमानले दोस्रो बिबाह गरेपछि माइकल आमाले आफ्ना सन्तानलाई संघर्ष गरेर हुर्काउँदै पढाएको कथा नै उपन्यासको मुल विषय हो । एघार खण्डमा विभाजन गरी लेखिएको ‘मनको विचलन’मा पूर्वी गाउँको यथार्थ चित्र छ ।

 

उपन्यासकार दुर्गा काफ्लेको यो पहिलो कृति हो । यसअघि उनका फुटकर कथा र कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।