समाचार

खेल

तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु

बुधबार, ३० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु

काठमाडौं । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछ । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

 

नवलपरासी ११ लाई हराएर रुपन्देही ११ र अर्को विभागिय टोली सशस्त्रको एपिएफलाई हराएर नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका हुन । खेल दिउँसो साढे २ बजे एन्फा एकेडेमी बुटवल देबिनगरमा हुनेछ ।

 

मंगलबार भएको अन्तिम क्वार्टर फाइनलमा नेपाल आर्मीको दोश्रो रोजाईको टोलीलाई ३–० ले हराउँदै मनाङ मस्याङदी क्लबले सेमिफाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको छ ।