समाचार

राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित घोषणा गर्ने

बुधबार, ३० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित घोषणा गर्ने

काठमाडाैं । राष्ट्रियसभाले आज अध्यक्ष निर्वाचित भएको घोषणा गर्दैछ । अध्यक्षका लागि एमालेका सांसद गणेश प्रसाद तिमिल्सिनाको मात्र उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएको घोषणा गर्न लागिएको हो ।

 

प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार नउठाएपछि तिमिल्सिना निर्विरोध भएका हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई-दुई जना सांसद छन् ।

 

संवैधानिक व्यवस्था अनुसार तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरिसकेकी छन् । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत ४ गते हुने भएको छ । राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने भएपछि उपाध्यक्षमा ओवादी केन्द्रले लिने सहमति छ । अध्यक्ष पुरुष हुने भएकाले उपाध्यक्ष महिला निर्वाचित गर्नुपर्नेछ ।