राजनीति

मुख्य समाचार

अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

बुधबार, ३० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् ।

बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।

तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् ।

उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । आजको अन्नपूर्ण पोस्टमा नयाँ दिल्लीबाट आशा थपलियाले यो समाचार लेखेकी छिन् ।