मुख्य समाचार

देश

राजनीति

अस्वीकार गरेका ८ न्यायाधीशको इजलास तोकियो, चाेलेन्द्रकाे ताेकिएन

बुधबार, ३० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

अस्वीकार गरेका ८ न्यायाधीशको इजलास तोकियो, चाेलेन्द्रकाे ताेकिएन

काठमाडौं । मंगलबार इजलामा बस्न अस्वीकार गरेका ८ न्यायाधीशका लागि प्रधानन्यायाधीश गोपाल पराजुुलीले आजपनि इजलास तोकेका छन् । तर, हिजो इजलास नबसेका ८ न्यायाधीशहरु आज पनि इजलासमा नबस्ने भएका छन् ।

 


पराजुलीले तोकेको पेशीमा इजलास नबस्ने निर्णय गरेका न्यायाधीश दीपकराज जोशी र विश्वम्भर श्रेष्ठको, हरिकृष्ण कार्की र इश्वर खतिवडा, प्रकाश सिंह राउत र अनिल कुमार सिन्हा अनि आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलास छन् ।

 


न्यायाधीश राउत र सारदा घिमिरेको छुट्टै इजलास तोकिएको छ । राउतले हिजो झैँ पराजुलीको इजलास अस्वीकार गरेभने यो इजलास पनि आज प्रभावित हुने छ । प्रधानन्यायाधीश पराजुलीले आफ्ना लागि भने एकल इजलास तोकेका छन् ।

 


कान्तिपुर र गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दा गर्दै उनले तोकेको इजलासमा बस्न नमिल्ने राय सुनाएर हिँडेका न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भने कुनै इजलास तोकेका छैनन् । आज सर्वोच्च अदालतमा जम्मा ११ वटा पेशी छन् ।