समाचार

अपराध सुरक्षा

मेयर चौधरीमाथि गोली हानेको आशंकामा तीन जना पक्राउ

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

मेयर चौधरीमाथि गोली हानेको आशंकामा तीन जना पक्राउ

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरलाई गोली हानेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मेयरमाथि गोली हान्नहरु विप्लवकै कार्यकर्ता भएको खुलेको छ । उनीहरुसँग सोधपुछ भइरहेको प्रदेश सातका प्रहरी प्रमुख एआईजी माधव नेपालले जानकारी दिए ।

 

सोमबार राति मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले चौधरीलाई उनकै निवासमै गोली प्रहार गरेका थिए । घोडाघोडीमा केही दिन पहिले बोक्सीको आरोपमा राधा चौधरीलाई कुटपीट गर्ने दोषीलाई संरक्षण गरेको आरोप मेयर चौधरीमाथि लागेको थियो ।

 


राधा चौधरीमाथि कुटपिट गर्ने दोषीको संरक्षण गरेको आरोपमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मेयरलाई जनकारवाही गर्ने चेतावनी दिएको थियो ।

 

मेयर चौधरीकाे स्वास्थ्य अवस्था खतरा मुक्त रहेका डाक्टरले बताएका छन् । मेयर चौधरीको बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।