समाचार

अर्थ

बैंकिङ

प्राइम लाइफ र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

प्राइम लाइफ र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासोरेन्स सम्झौता भएको छ । आज प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्रीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

उक्त सम्झौता भएपश्चात प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बीमा योजनाहरु जनता बैंकका राज्यभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछन् ।

 

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर जारी भइरहेको अवस्था रहेको साथै २०७४ चैत्र १४ गते एघारौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात रु. ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद शेयर समेत कायम हुने चुक्ता पूंजीमा १२.५ प्रतिशतका दरले बोनस शेयर दिने समेत कम्पनीले जनाएको छ ।