समाचार

खेल

मुख्य समाचार

ला–लिगाको फेसबुक पेजमा नेपालका झण्डा

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

ला–लिगाको फेसबुक पेजमा नेपालका झण्डा

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगाको अफिसियल फेसबुक पेजमा नेपालको झण्डा राखेर संवेदना प्रकट गरेको छ ।

 

सोमाबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको थियो ।

 

ला लिगाले आफ्नो फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा समवेदना प्रकट गरेका हो । ला लिगाले विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको संकेत दिएको छ ।

 

यूएस बंगलाको विमान दुर्घटनापछि धेरैले दुःख तथा समवेदना व्यक्त गरेका छन् । देश विदेशबाट विभिन्न पक्षले मृतकलाई श्रद्धाञ्जली तथा आफन्तलाई समवेदना प्रकट गर्ने क्रम चलिरहेकै छ ।

 

ला–लिगाकाे उक्त पाेष्टमा २ घण्टा नबित्दै १ हजार ८ सय रियाक्ट गरिएकाे छ भने १ हजार १ सय ५१ पटक सेयर गरिएकाे छ । साथै उक्त पाेष्टमा ३ सय २२ जनाले संवेदनात्मक प्रतिक्रिया दिएका छन् ।