राजनीति

मुख्य समाचार

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेबाट मत गणना सुरू हुँदै

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

राष्ट्रपति चयनका लागि मतदान सम्पन्न, ४ बजेबाट मत गणना सुरू हुँदै

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।

 

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

 


प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् ।

 

प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

 

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।