समाज

मुख्य समाचार

सुन व्यवसायीको हत्या भएपछि व्यवसायीले गरे बिर्तामोड बजार बन्द

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सुन व्यवसायीको हत्या भएपछि व्यवसायीले गरे बिर्तामोड बजार बन्द

झापा । झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले मंगलबार बिर्तामोड बजार बन्द गरिएको छ ।

 


२० फागुनदेखि सम्पर्कविहीन भएका मुखियाको अपहरणपछि हत्या भएको आशंका गरिएको छ । उनको शव इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा भेटिएको थियो ।

 

सुनचाँदी व्यवसायी संघ र बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा बजार बन्द गरिएको हो ।