राजनीति

मुख्य समाचार

राष्ट्रपति चयनका लागि मतदान जारी

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेकाे छ । काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवनमा भएको मतदानमा संघीय संसद र प्रदेशसभाका सांसदहरुले राष्ट्रपति चयनका लागि मतदान गरिरहेका छन् ।

 

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ३३१ र प्रदेशसभाका ५ सय ५९ जना सांसदले राष्ट्रपति चयनका लागि मतदान गरेका छन् । राष्ट्रपतिमा बाम गठबन्धनकाे समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

 

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा कांग्रेस सभापति शेरबाहादुर देउवालगायतले मतदान गरिसकेका छन् ।