अपराध सुरक्षा

ब्राउन सुगरसहित ३ जना पक्राउ

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

ब्राउन सुगरसहित ३ जना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ ।

 

घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति  मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुनलाई अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

 

प्रहरी टोलीले उनीहरुको शरिर खानतलासी गर्दा भुजको साथबाट १ ग्राम १७० मिलिग्राम, मगरको साथबाट ५७० मिलिग्राम र पुनको साथबाट ५०० मिलिग्राम गरी २ ग्राम २४० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई घोराही उप–महानगरपालिका वडा नम्बर १८ रझेनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।