अपराध सुरक्षा

बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

बालिका बलात्कार गर्न खाज्ने भारतीय पक्राउ

रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि चिच्चाएकी ती बालिकाको प्रहरीले उद्धार गरेको थियो ।

 

पक्राउ परेका रसिद कपिलवस्तुको सुद्धोधन गाउँपालिकामा रहेको इँट्टा उद्योगका मजदुर रहेको प्रहरीले जनाएको छ ।