विदेश

डाेनाल्ड ट्रम्प र किम जाेनबचीकाे वार्ता निकै चुनाैतीपूर्ण : अमेरिकी गुुप्तचर निकाय

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

डाेनाल्ड ट्रम्प र किम जाेनबचीकाे वार्ता निकै चुनाैतीपूर्ण : अमेरिकी गुुप्तचर निकाय

अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्प उत्तर कोरियाली नेता किम जोङ उनीसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

 

उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेका बताए । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग हुने वार्ताले सबैभन्दा ठूलो सम्झौता दिने बताएका थिए ।

 

वार्ता असफल भए दुई मुलुकबीच ठूलो संकट निम्त्याउने उनको भनाइ थियो ।

 

सीआईएका निर्देशक पोम्मले उत्तर कोरियाको चुनौती सामना गर्न दूरदृष्टि आवश्यक रहेको पनि बताए । उनले उत्तर कोरियालाई वार्तामा ल्याउन अमेरिकी नेतृत्वको नाकाबन्दीले बाध्य बनाएको दाबी गरे ।

 

नाकाबन्दीकै कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर हुँदै गएपछि उसलाई दबाब बढेको उनको भनाइ थियो ।