राजनीति

राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवारी अाज : गुरूङ र तिमल्सिना कसकाे पल्ला भारी

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवारी अाज : गुरूङ र तिमल्सिना कसकाे पल्ला भारी

काठमाडौं। राष्ट्रियसभा अध्यक्षका लागि सोमबार(अाज) उम्मेदवारी दर्ता हुँदै छ ।
 
 
संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबीविरोधपछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । आउँदो फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदै छ ।
 
 
प्रमखु सत्तारुढ दल एमाले र माओवादीबीच भएको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्ष एमालेको भागमा परेको छ । राष्ट्रियसभाको अध्यक्षका लागि एमालेबाट परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरलगायतको नाम चर्चामा छ ।
 
यसमा गुरुङ र तिमल्सिनामध्ये एक प्रमुख दाबेदार रहेकाे बताइएकाे छ ।