समाचार

भिडियो

यूएस-बंगलाको विमान दुर्घटनापछि केएमसी अस्पतालमा जे देखियो.... (भिडियो)

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

यूएस-बंगलाको विमान दुर्घटनापछि केएमसी अस्पतालमा जे देखियो....  (भिडियो)

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा अहिले अनौठो माहोल छ । मानिसहरुले अस्पताल भरिएको छ । सेकुरिटी गार्ड र प्रहरीलाई मानिसहरुको भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । अस्पतालमा घाइते बोकेका एम्बुलेन्सहरु लगातार आउने र जाने क्रम जारी छ । कतिपय आफन्तहरु भावविह्वल देखिन्छन् । 

 

दिउँसो २ बजेर १८ मिनेट जाँदा यूएस बंगला विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्यो । चार जना चालकदलका सदस्यसहित ७१ जनालाई बंगलादेशको राजधानी ढाकाबाट बोकेर हिँडेको विभान अवतरका क्रममा दुर्घटनामा परेको थियो ।

 

दुर्घटनामा घाइते भएकालाई एयरपोर्ट नजिकै रहेको केएमसी अस्पतालमा लगिएको थियो । विमान दुर्घटनापछि केएसी अस्पतालमा मृतक तथा घाइतेका आफन्तलगायतका मानिसहरुको भिड लागेको छ । उपचाररत घाइतहरुको अवस्थाको अवलोकन गर्न प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइराला अस्पतालमा आएकी छिन् ।

 

त्यस्तै, आफ्ना देशका नागरिकको अवस्थाको जानकारी दिन बंगलादेशको दूतावासबाट एक अधिकारसमेत अस्पतालमा आए । उनले मृतक बंगलादेशी नागरिक र उपचाररत नागरिक बारेमा केएमसीका प्रमुख कार्यकारी अधिकृत दामोदर न्यौपानेसँग जानकारी लिएका थिए ।

 

यसै क्रममा घाइतको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केएमसी अस्पतालमा पुगेका थिए । उपचाररत घाइतेको अवस्थाको निरिक्षण गरेर उनी नर्भिक अस्पताल थापाथली तर्फ लागे । प्रधानमन्त्री ओलीले यस लगत्तै पत्रकारसँग बोल्दै कएमसीका सिआयो न्यौपानेले घाइतेको उपचारमा कुनै कसर नछोड्ने प्रतिवद्धता जायर गरेका छन् ।

 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ४९ जनाको मृत्यु भएको जानकारी दिएका छन् । २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना बेपत्त रहेका छन् । घाइतेहरू मध्ये १२ जनाको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ भने अन्यको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

 

केएसीम दुईजना नेपालीसहित तीन जनाको आइसीयूमा उपचार भइरहेको छ भने दुई नेपाली धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ । अरु विदेशी नागरिक छन् ।

 

उक्त विमानमा ३३ जना नेपाली र अन्य विदेशी रहेको रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा चार जना चालकदलका सदस्यसहित ६७ यात्री सवार थिए ।