समाचार

मुख छोपेर घटनास्थल पुगे प्रधानमन्त्री

सोमबार, २८ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

मुख छोपेर घटनास्थल पुगे प्रधानमन्त्री

काठमाडौं । सोमबार दिउसो आकास नखुलेको दिन विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक विमान दुर्घटना भयो ।

 

चालकदल सहित ७१ यात्रु बोकेको जहाज दुर्घटना हुँदा अधिकांशको घटनास्थलमै मृत्यु भयो भने केहीलाई उपचारका लागि अस्पताल पुर्याइयो । अस्पतालमै पनि केही घाइतेको मृत्यु भइसकेको छ ।

 

घटना भएपछि नै विमानस्थल क्षेत्र अहिले मृतकका आफन्तको रोदनले भरिएको छ । घटनास्थलका तस्वीरहरु सामाजिक सन्जालमा भाइरल बनाइएका छन् ।

 

खासगरी विमानमा आगो लागिरहेका तस्वीर, मृतकका लाश, विमान जलेर खरानी भएका जस्ता तस्वीर सामाजिक सन्जालमा भाइरल बनाइएको छ ।

घटनापछि अवस्था बुझ्न तत्कालै प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री लगायत उच्च पदस्थ व्यक्ति घटनास्थल पुगे । तर मृतकका आफन्त चिच्याइरहेको ठाउँमा प्रधानमन्त्री केपी ओली भने माक्सले मुख छोपेर उपस्थित भए ।

 

घटनास्थलमा अहिले सयौँ नागरिक बेपरवाह भेला भएका छन् । यो दर्दनाक अवस्था देखेर थुप्रै मानिस स्तब्ध देखिएका छन् । प्रधानमन्त्री भने ‘एलियन’ झैँ मुख छोपेर उपस्थित हुँदा पक्कै शोभनीय देखिएको छैन ।

 

लस्करै राखिएका मृतकका शव हेरेर थुप्रै मानिसका आँखा रसाएका छन् । आफन्त चिच्याइरहेका छन् । प्रधानमन्त्री भने लाश अवलोकन गर्न पुगे झैँ देखिएको छ ।

 

घटनास्थलमा केही मानिसले सोधिरहेका छन्, प्रधानमन्त्री यहाँ समवेदना प्रकट गर्न आएका हुन् कि लाश अवलोकन गर्न आएका हुन् । किन उनी मुख छोपिरहेका छन् ?

 

सयौँ मानिस शोकमा रहँदा छोइएला की ! भने झैँ मुख छोपेर त्यहाँ पुगेका प्रधानमन्त्रीको शैली र भाव भंगिमालाई शोक सन्तप्त परिवारले पक्कै निको ठानेका छैनन् ।