राजनीति

प्रचण्डले भने, जनताले भाषण हैन एक्सन खोजेका छन्

आइतबार, २७ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (LB)

प्रचण्डले भने, जनताले भाषण हैन एक्सन खोजेका छन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले भाषण नभइ एक्सन खोजि रहेकाे बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले परिणाम खोजेका भन्दै कठोर कदम चाल्न प्रधानमन्त्री र मन्त्रीहरुलाई सुझाव दिएका छन् ।

 

जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको भन्दै प्रचण्डले आफूहरुले गरेर आएको विकास र सुशासनको बाचा नबिर्सन सरकारलाई आग्रह गरे ।