अपराध सुरक्षा

'बाेक्सी' अाराेपमा कुटेकालार्इ छाडेका प्रहरी निलम्बित

आइतबार, २७ फागुन २०७४ गते प्रकाशित
- Dhiraj Devkota

'बाेक्सी' अाराेपमा कुटेकालार्इ छाडेका प्रहरी निलम्बित

‘बोक्सी’को आरोपमा कुटपिट गर्नेहरुलाई छाडेको भन्दै सुख्खड इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश विष्ट निलम्बनमा परेका छन् ।

 

प्रदेश प्रहरी कार्यालयले सई विष्टलाई निलम्बन गर्न सिफारिस गरेको हो । उनलाई कारवाही गरी हेडक्वार्टरलाई जानकारी गराइएको प्रदेश प्रहरी प्रमुख एआईजी माधवप्रसाद नेपालले बताए ।

 

आफूलाई बाबा बताउने रामबहादुर चौधरीले झारफुकका नाममा २० वर्षीया राधा चौधरीलाई कुटपिट गरेका थिए । सुख्खड प्रहरीले चौधरीलाई पक्राउ गरे पनि स्थानीय जनप्रतिनिधिको रोहबरमा छाडेको थियो । तर, अहिले चौधरी फेरि पक्राउ परेका छन् ।