विदेश

८२ वर्षे ह्वाङ, जसले एक्लै ३६ वर्षसम्म चट्टान फोरेर ९ हजार ४ सय मिटर लामो नहर बनाए

शुक्रबार, २६ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

८२ वर्षे ह्वाङ, जसले एक्लै ३६ वर्षसम्म चट्टान फोरेर ९ हजार ४ सय मिटर लामो नहर बनाए

एजेन्सी । दक्षिण चिनस्थित ग्वीजोहुका बासिन्दाहरुको जीवन परिवर्तन त्यतिबेला भयो जब एक व्यक्तिले पानीको नहर स्थापना गरिदिए । दक्षिण चिनको ग्रामीण भेग रहेको उक्त ठाउँ पानी, बत्ति र बाटोको सुविधाविहिन थियो । ह्वाङ ताफा एक टुहुरा बच्च थिए । जो आफ्ना छिमेकीहरुको लालनपालनमा त्यही गाउँमा हुर्किए । ठूलो भएपछि उनले आफ्नो गाउँको लागि तीनवटा सपना बुनेका थिए । गाउँमा पानी ल्याउने, बत्ती र बाटोको विकास गर्ने ।

 

सन् १९९५ भन्दा पहिला त्यहाँका गाउँबासीहरुको जीवन निकै कष्टकार थियो । पानीको अभावका कारण त्यहाँका खेतबारीमा मात्र मकै र आलु फल्दथ्यो । त्यहाँका गाउँवासीहरुको जीवनले त्यतिबेला फड्को मार्न सुरु गर्यो जब ह्वाङ सन् १९५९ मा गाउँको मुखियाको रुपमा चुनिए । त्यसपछि सुरु भयो ह्वाङको गाउँप्रतिभएको उत्तरदायित्व निभाउने र आफ्नो सपना पूरा गर्ने कार्य ।

 

गाउँ भन्दा केही किमी दुरीमा पानीको मुहान थियो । तर, त्यो पानीलाई कसरी गाउँसम्म ल्याउने भन्नेबारे सबैजना अनविज्ञ थिए । ह्वाङले त्यसबारे अनुसन्धान गर्न थाले । सुरुवाती चरणमा केही पनि काम भनेजस्तो भएन । तर, ह्वाङले आफ्नो आत्मविश्वास गुमाएनन् ।

 

उनले एकल प्रयासमा पानीको नहरको नक्सा तयार पार्न सुरु गरे । आफ्नो योजना पूर्ण रुपमा तयार भइसकेपछि गाउँलेहरुलाई भेला गराएर सभा बसाले । सबैजना उनको साथ दिन तयार थिए तर स्थानीय सरकारको सहयोग बिना त्यो असम्भवजस्तै थियो । ह्वाङको योजना र विज्ञानमुलक अनुसन्धानले प्रेरित भएर त्यहाँको स्थानिय सरकारले पनि उनको कामलाई सहयोग गर्ने भयो ।

 

सन् १९९१ मा ह्वाङसहित तीन सयजनाको टोलीले नहर निर्माण कार्य सुरु गरे । आफूसँग भएकै सामाग्रीजस्तै हतौडा, कोदालो र आफ्नै हात्केलाको सहारामा उनीहरुले नहर खन्न सुरु गरे । उक्त नहर रातारात बनेको होइन । नहर खन्न सुरु गरेको करिब ३६ वर्षमा उनीहरुले आफ्नो मेहनतको फल पाए ।
उनीहरुको ३६ वर्षदेखिपछि ९,४०० मिटर लामो नहर बन्यो । उक्त नहरको नाम पनि ह्वाङको नाममा राखियो ‘ताफा केनल’। गाउँवासीले बल्ल चैनको निन्द्रा लिन थाले । किनभने नहरसँगै गाउँमा अन्य विकास पनि हुन्छ भन्ने कुरामा उनीहरु ढुक्क थिए ।

 

नहरको निर्माणसँगै मानिसहरुको जीवनस्तरले पनि चोला फेर्यो । सुरुवाती दिनमा मकै र आलु फलाउन मात्र प्रयोग हुने खेतहरुमा पनि धानको बाला झुल्न थाल्यो । त्यही वर्ष गाउँमा विजुली र बाटोको पनि विकास भयो ।

 

८२ वर्ष पुगिसकेका ह्वाङ अहिले पनि एक्लो प्रयासमा महिनैपिच्छे उक्त नहरको सरसफाइ र हेरचाह गर्ने गर्छन् । आफ्नो जीवनको उर्जाशील ३६ वर्ष जो उनले त्यस नहरको लागि खर्चेका छन् । पूर्व पार्टी सचिवसमेत रहेका ह्वाङ अहिले पनि गाउँवासीका जीवनस्तर उकास्नको लागि प्रयासरत छन् ।