मनोरञ्जन

जुना प्रसाईको ‘तारा बाजी लै लै’लाई यस्तो प्रतिक्रिया

शुक्रबार, २६ माघ २०७४ गते मा प्रकाशित

juna-prasai-default-01

काठमाडौं । चर्चित गायिका जुना प्रसाईको गीत ‘तारा बाजी लै लै’ ले राम्रो गीत बनेको प्रतिक्रिया पाएको छ । जुनाले आफ्नो नयाँ गीत तारा बाजी लै लै लिएर दर्शक श्रोतामाझ आएकी हुन् ।

 

हरेक ब्यक्तिले आफ्नो बालापनमा चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको चित्र गायिका जुनाको यस नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ । केही समय अघि गायिका जुना प्रसाइको आफ्नै युट्युव च्यानलबाट उक्त गितलाई सार्वजनिक गरिएको हो ।

 

गीत राम्रो बनेको हेर्नेले प्रतिक्रिया दिएको हामीलाई बताईन् । युट्युवमा पनि गीत हेर्ने सबैले गीत राम्रो बनेको र बाला पनको याद दिलाएको प्रतिक्रिया दिएका छन् । बाल्यकालको रमाइलो क्षणलाई याद गदै उनले गाएकी यस गीतमा दिपक शर्माको शब्द , संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ । गीत युवराज बाइवाको निर्देशकमा उत्सव दाहालको छायांकन र निसान घिमिरेको सम्पादनमा तयार भएको हो ।

 

झापाको चारपानेमा जन्मेकी यी हंसिली गायिका जुनाले अहिलेसम्म थुप्रै गीतमा सफल भएकी छन् । २०५७ बाट सांगीतिक यात्रा सुरु गरेकी उनले गायन क्षेत्रमै आफ्ना असल मित्र धेरै भएको बताइन । जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छन् ।