मनोरञ्जन

आमिर र रणवीर एकसाथ काम गर्दै

शुक्रबार, २६ माघ २०७४ गते मा प्रकाशित

Aamir-Ranveer

काठमाडौं । बलिउड अभिनेता आमिर खान र रणवीर सिंहको एक साथ चर्चा चल्न थालेको छ । भारतका सञ्चार माध्यममा धेरै चर्चा चलेको देख्न सकिन्छ । कारण हो यी दुईले एक साथ काम गर्ने कुरा । खान र सिंहका फ्यानका लागि खुसीको खबर बाहिर आएको छ । यी दुई अभिनेता चाँडै एकसाथ काम गर्दैछन् ।

 

कमर्शियल एडका लागि यी दुई सुपरस्टार २ महिनापछि सुटिङ सुरु गर्दैछन् । मिड डेको रिपोर्ट अनुसार, आमिर खान र रणवीर सिंहको यो एड फिल्मभन्दा निकै दमदार हुनेछ । कमर्शियलको उत्कृष्ट कन्टेटका कारण यी दुई अभिनेताले एकसाथ काम गर्न तयार भएका हुन् ।

 


केही दिन अगाडि चर्चा थियो कि आमिर खानले राकेश शर्माको बायोपिक फिल्ममा एक महत्वपूर्ण भूमिकाका लागि रणवीरको नाम मेकर्सलाई सिफारिस गरेका थिए । तर, पछि आमिरले यो प्रोजेक्टबाट नै हात झिके ।



फिल्म नभएपनि कमर्शियल नै सही, कमसे कम यी दुईलाई दर्शकले एकसाथ त देख्न पाउँदैछन् । रणवीर सिंहको आलिया भट्टसँगको ट्राभल बेवसाइटको एड निकै पपुलर भएको थियो ।



यस्तै, टिभीमा आउने आमिर खानको एड निकै यूनिक हुने गर्छ र दर्शकको ध्यान खिच्न सफल हुन्छन् । अहिले आमिर ‘ठग्स अफ हिन्दोस्तान’ को सुटिङमा व्यस्त छन् भने रणवीर सिंह ’पद्मावत’ को सक्सेस इन्जोय गर्दैछन् ।