मनोरञ्जन

‘कृ’ देशैभर प्रदर्शनमा

शुक्रबार, २६ माघ २०७४ गते मा प्रकाशित

kri

काठमाडौं । युवा स्टार अनमोल केसी अभिनीत यस वर्षको सर्वा्धिक बहुप्रतिक्षीत फिल्म ‘कृ’ देशैभर प्रदर्शनमा आएको छ । यो फिल्मसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा आएका छैनन् ।

 


तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनीत फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । तर, सयको आसपासमा सिंगल हल पाएको छ ।

 

यसअघि रिलिज भएका अनमोलका फिल्मले सिंगलभन्दा मल्टिप्लेक्समा राम्रो दर्शक भित्राएका थिए । यसपटक अनमोल स्वयंम ‘यति यति पानी’ बोलको गीतले पनि सिंगल थिएटरमा दर्शकको चाप हुनेमा विश्वस्त छन् ।

 

लगातार चार फिल्ममा रोमान्टिक हिरोको रुपमा देखिएका अनमोल यसपटक विशेषतः एक्सन अवतारमा प्रस्तुत भएका छन् ।  फिल्मको शुक्रवार ८० प्रतिशतमाथि अकुपेन्सी रहने निर्माण पक्ष र वितरकको अनुमान छ ।

 

मंगलवार साँझ बाटै मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको थियो । अनमोलको क्रेज र फिल्मको हाइपका कारण ‘कृ’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । फिल्मलाई चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना दिइरहेका छन् ।