अपराध सुरक्षा

दरबारमार्ग प्रकरण: प्रहरी अधिकृताई पनि लाग्ने भयो बलात्कार मुद्धा

प्रहरी निष्कर्षः सामूहिक बलात्कार नै हो

बिहिबार, २५ माघ २०७४ गते मा प्रकाशित

Rape

काठमाडौं। मुद्दा चलाउन सिफारिस भएको छ। छानबिन समितिले मिलापत्रमा डिएसपी, इन्सपेक्टर र सईको प्रत्यक्ष संलग्नता देखिएको भन्दै त्यस्तो सिफारिस गरेको हो।


एसपी रामदत्त जोशी नेतृत्वको छानबिन समितिले बिहिबार एसएसपी रविन्द्र धानुकलाई बुझाएको हो। समितिले मिलापत्र गराउने तथा घटना लुकाउनेहरुमाथि समेत कडा कारबाहीको सिफारिस गरेको छ। फौजदारी दायित्व देखिएमा उनीहरु विरुद्ध समेत मुद्दा चलाउन सकिने छानबिन समितिका संयोजक जोशीले बताए।


समितिको विज्ञप्तिमा भनिएको छ– तीनै जना उपर हदैसम्मको कडाभन्दा कडा कारबाहीको सिफारिस समेत भएको र मुद्दा अनुसन्धानका क्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुन बमोजिम कारबाही समेत अघि बढी जाने।’


बिहीबार परिसरद्वारा जारी विज्ञप्तिमा घटना लुकाउने र मिलापत्र गराउनेहरुलाई पनि कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ। डिएसपी तिलम भारतीलाई वृत्तबाट हटाएर कडा कारबाही गर्न सिफारिस गरिएको छ। उनलाई एक साताअघि नै त्यहाँबाट हटाइसकिएको छ।


मिलापत्रमा संलग्न डिएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन्।