मनोरञ्जन

फिल्म ‘जय भोले’ घोषणा, फिल्मका विषयमा खगेन्द्र लामिछाने यसो भने

बिहिबार, २५ माघ २०७४ गते प्रकाशित
- Bishow

फिल्म ‘जय भोले’ घोषणा, फिल्मका विषयमा खगेन्द्र लामिछाने यसो भने

काठमाडौं । अशोक शर्माको नयाँ फिल्मको औपचारिक निर्माण घोषणा गरिएकोे छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको नाम र कलाकार सार्वजनिक गरिएको हो । फिल्मको नाम ‘जय भोले’ राखिएको छ ।



खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको फिल्ममा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको प्रमुख भूमिका देख्न सकिन्छ ।

 

कार्यक्रममा बोल्दै खगेन्द्रले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई फिल्मले उठाएको बताएका छन् । फागुन १ गते शिवरात्रीको दिनबाट छायांकन सुरु हुने फिल्मको लागत १ करोड ६० लाख बताइएको छ ।

 

झापा र इलाममा छायांकन हुने ‘जय भोले’ अर्को वर्षकोे दशैंको फूलपातीमा रिलिज हुनेछ । निर्देशक अशोक शर्माले ‘जय भोले’ को कथा बलियो रहेको बताएका छन् ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने फिल्मको द्वन्द्व निर्देशकमा रोशन विक्रम भट्टराई रहेका छन् ।