अर्थ

आज पनि घट्यो सुनको भाउ

बिहिबार, २५ माघ २०७४ गते मा प्रकाशित

gold

काठमाडौं ।  सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको हो । सुन बुधबार तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार चाँदी पनि तोलामा १० रुपैयाँ घटेको छ ।

 

चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।  अन्तराष्ट्रिय बजारमा मूल्य कम भएकाले नेपालमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।