मनोरञ्जन

मुम्बईमा सुरु भयाे राम गोपाल वर्माकाे फिल्म छायांकन

बिहिबार, २५ माघ २०७४ गते मा प्रकाशित

640_6401499687069v3mgbr22yp0t766iap2zfbdc

काठमाडौं । फिल्म निर्माता राम गोपाल वर्मा फेरी एक पटक अभिनेता नागार्जुनका साथ निर्माण गर्न गइरहेका छन् । तेलुगु फिल्मका अभिनेता नागार्जुनले सन् १९८९ मा वर्माको पहिलो फिल्म ‘शिवा’ मा काम गरेका थिए ।

 

नागार्जुनले ट्वीट गरेर राम गोपाल वर्माको एक्शन फिल्मको मुम्बईमा सुरु भएको छायांकनबाट रोमाञ्चित महशुस गरेको बताएका छन् । त्यस्तै निर्माता वर्माले लेखेका छन्, “नागार्जुनका साथ मैले आफ्नो पहिलो फिल्म ‘शिवा’ मा काम गरेको थिए । र धेरै वर्ष पछि उनका साथ दोस्रो फिल्मको आवश्यकता थियो । रिलीज डेट र फिल्मको नाम चाँडै घोषणा गरिनेछ ।’’

 

नागार्जुन र राम गोपाल वर्माले ‘अंथम’, ‘गोविन्दा गोविन्दा’ र ‘द्रोही’ फिल्ममा पनि एक साथ काम गरिसकेका छन् । वर्माको पछिल्ला केही फिल्महरुले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनी अहिले ‘गड, सेक्स एण्ड ट्रूथ’ नामक सर्ट मुभीका कारण चर्चामा छन् ।