विदेश

ताजा खबर

जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति

बिहिबार, २५ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

जर्मनीमा गठबन्धन सरकार गठनमा सहमति

जर्मनीमा गठबन्धन सरकार गठनमा सहमतिभएको छ । जर्मनीकी चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ सीडीयूर सीएसयू पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स (एसपीडी) पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमतिभएको हो ।

 

यो सहमतिपछि गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ सीडीयू-सीएसयू पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोध अन्त्य भएको छ । निर्वाचन भएको चार महिना भन्दा बढी समय बितिसक्दा पनि नयाँ सरकार गठन हुन सकेको थिएन ।

 

अब सहमति भएसँगै केही दिनमै जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्ने भएको छ । दुई पार्टीबीच गठबन्धन सरकार गठन गर्ने सहमति भएसँगै महत्वपूर्ण मन्त्रालय बाँडफाँडको गृहकार्य शुरु भएको छ ।

 

एसपीडी पार्टीले अर्थ र विदेश मामिलासहित ६ वटा मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।जर्मनीका सञ्चार माध्यमहरुले एसपीडीका नेतातथा युरोपेली संसद्का पूर्वअध्यक्ष समेत रहेका मार्टिन शुल्ट्जले विदेशमन्त्रीको जिम्मेवारी पाउने सम्भावना रहेको बताएका छन् ।