प्रविधि

अमेरिकाले ताेड्याे विश्वका शक्तिशाली रकेटहरुकाे रेकर्ड

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

अमेरिकाले ताेड्याे विश्वका शक्तिशाली रकेटहरुकाे रेकर्ड

अमेरिकाले बुधबार विश्वकै सबैभन्दा शक्तिशाली ‘फाल्कन हेभी’ नामक रकेट प्रक्षेपण गरेको छ ।अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो ।

 


अहिलेको अवस्थामा रहेका रकेटले भन्दा ‘फाल्कन हेभी’ ले दुई गुणा बढी भार बहन गर्न सक्ने बीबीसीले उल्लेख गरेकाे छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ ।

 

यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।