विदेश

शक्तिशाली भूकम्पको झट्का

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

शक्तिशाली भूकम्पको झट्का

ताइवानको हुवालिन शहरमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

 

त्यस्तै कैयौं अग्ला भवनहरु भत्केको जनाएका छन् । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा कैयौं सडक र भवनमा क्षति पुगेको देखिन्छ ।

 

भूकम्पका कारण कैयौं भवनमा फसिरहेका नागरिकलाई उद्धार गर्ने कार्य भैरहेको बीबीसीले जनाएको छ । 

 

आपत्‍कालीन उद्धारका लागि सेनाको सहयोग मागिएको छ।

ख्वालिएन शहरमा करिब एक लाख मानिस बस्छन् र त्यो एउटा लोकप्रिय पर्यटकीय गन्तव्य हो।