मनोरञ्जन

सुनिल गिरीले “को होला त्यो ३” को पाेष्ट फेशबुक मार्फत सार्वजनिक गरे

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सुनिल गिरीले “को होला त्यो ३” को पाेष्ट फेशबुक मार्फत सार्वजनिक गरे

काठमाडाै । एकपछि अर्को उत्कृष्ट गीतहरु गाउँदै आएका सुनिल गिरीले आफुले संगीत क्षेत्रमा पाइला चालेको गीत “को होला त्यो”लाइ निरन्तरता दिँदै “को होला त्यो ३”को पहिलो झलक तस्बीर सार्वजनिक गरेका छन् ।

आफ्नो कला र आफुमा विश्वास गर्ने गायक तथा मोडल सुनिल गिरीले आफ्नो फेसबुक पेजमा मार्फत “को होला त्यो ३”को पहिलो झलक तस्बिर सार्वजनिक गरेका हुन् ।

सुनिलले लेखेका छन् “को होला त्यो ३ को भिडियोको एडिटिङ् भइरहकाे छ र गीत छिट्टै सार्वजनिक गरिने छ”

“को होला त्यो ३”मा पावल शाह र क्रिष्टिनालाइ फिचरिङमा देखाइएको छ भने गीतमा स्वर/शब्द/संगीत सुनिल गीरी स्वयमको रहेको छ । भिडियो एडिटिङ्/डिजाइनिङ् पवन सिम्खडाको रहेको छ भने निर्देशन अनिल के मानन्धरले गरेका छन ।