अपराध सुरक्षा

मुख्य समाचार

सीआईबीकाे घेरामा कलाकार राजेन्द्र खड्गी, एकव्यक्तिबाट १० देखी १५ लाख रुपैयाँ असुलेकाे अाराेप

बुधबार, २४ माघ २०७४ गते मा प्रकाशित

rajendra_khadgi_6eHZiM2IQ7

काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रका एक हस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ ।

 

खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।

 

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

 

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।