व्यापार

रेनोको वाउ अफर, ८.९९ प्रतिशत ब्याजमा कार

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

रेनोको वाउ अफर, ८.९९ प्रतिशत ब्याजमा कार

काठमाडौं । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वाउ अफर’ ल्याएको छ । यस अफरमा रेनोले आफ्नो उत्कृष्ट कार बिक्रीमा ‘रेनोमा दम छ, इन्ट्रेस्ट कम छ’ भन्ने ट्यागलाइन तय गरेको छ । 

 

यो योजना आज माघ २४ गतेबाट सुरु भएको हो । अब उपभोक्ताले रेनोको उत्कृष्ट र आर्कषक कारहरु सर्वसुलभ ब्याजदरमा खरिद गर्न पाउनेछन् । त्यसको लागि कम्पनीले ८.९९ प्रतिशत व्याजदरमा फाइनान्स गर्ने ब्यवस्था मिलाएको छ । 

 

यस अफर योजनामा व्याजदरबाहेक २ बर्षसम्म फ्रि सर्भिसिङ, एक बर्षको सडक कर, सहज फाइनान्सिङ र आर्कषक नगद छुटको व्यवस्था रहेको छ । साथै कम्पनीले गाडीमा ५ बर्षको वारेन्टि समेत दिएको छ ।