प्रविधि

यस्ताे छ ६० घण्टा चार्ज टिक्ने सि.जी. एसेसरिजको ब्लूटूथ ‘सि.जी. पल्स’

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

यस्ताे छ ६० घण्टा चार्ज टिक्ने सि.जी. एसेसरिजको ब्लूटूथ  ‘सि.जी. पल्स’

काठमाडौं  । सि.जी. मोबाइल्सले सिजी पल्स नामक वायरलेस हेडसेट सि.जी. एसेसरिजको रुपमा सार्वजनिक गरेको छ । संगित र अडियोका लागि विशेषरुपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वको रहेको कम्पनीले जनाएको छ ।

 

नयाँ सिजी पल्स मोबाइल फोनहरु, ल्यापटपहरु, तथा अन्य मोबाइल डिभाइसहरु जसमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ ।

 

सि.जी. मोबाइल्स अन्तगर्तको सि.जी. एसेसरिजहरुलाई लोकप्रिय बनाउन सि.जी. पल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको छ भने जसले केबल एकपटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।