मनोरञ्जन

‘कान्छी म्यूजिकल नाइट २०१८’ मा जे देखियो

बुधबार, २४ माघ २०७४ गते मा प्रकाशित

kanchi-musical-nights-01

प्रबिन दाहाल,

काठमाडौं । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री फाउण्डेशन’ले मंगलबार काठमाण्डौको अन्नपूर्ण होटलमा ‘कान्छी म्यूजिकल नाइट २०१८’को आयोजना गरेको छ । ‘माझी बस्ती’निर्माण सहयोगार्थ मंगलबार काठमाण्डौको अन्नपूर्ण होटलमा ‘कान्छी म्यूजिकल नाइट २०१८’को आयोजना गरिएको हो ।

कार्यक्रममा चलचित्र र सांगीतिक क्षेत्रकाका साथै थुप्रै व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कलाकारिता मार्फत चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभिन्न कलाकारहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हाँस्य कवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपाने लगायतले आ–आफ्नो प्रस्तुती दिएका थिए ।

 

कार्यक्रममा कान्छि निर्मात्री तथा नायिका स्वेता खड्का आकर्षक पहिरनमा उपस्थित भएकी थिइन् । कार्यक्रममा सहभागि सबैले कार्यक्रम राम्रो र आकर्षक रहेको प्रतिक्रिया दिएका थिए । साथै कार्यक्रममा ‘कान्छी’ फिल्मको नयाँँ गीत पनि सार्वजनिक गरिएको थियो ।